हिमालयको भैरहवामा पहिलो ट्रेनिङ फ्लाइट

  • मोहम्मद हबिब

भैरहवा, ११ भदौ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार हिमालय एयरलाइन्सले पाइलटको ट्रेनिङ फ्लाइट गरेको छ । निर्माण सम्पन्न भई सञ्चालनमा आएको ३ महिना पश्चात अन्तर्राष्ट्रिय उडान गर्ने नेपाली वायुसेवा कम्पनी हिमालयले बिहीबार अपरान्ह १२ बजेदेखि साँझ ५ बजेसम्म पाइलटहरूको ट्रेनिङका लागि परीक्षण उडान गरेको हो ।

पहिलो पटक भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रेनिङका लागि बिहान १२ बजे ९९५ विमानले अवतरण गरेको छ । काठमाडौँबाट पाइलटहरू मात्र बोकेको हिमालयको जहाज भैरहवामा ५ बजेसम्म रहने विमानस्थल प्रशासनले जानकारी दिएको छ । भैरहवाबाट आएको जहाज ट्रान्जिट उडानका रुपमा अवतरण गरेको हो ।

यो विमानस्थल सञ्चालनमा आएपछि पहिलो पटक हिमालय एयरलाइन्सको जहाज भैरहवा आएको हो । अहिले जजिरा एयरवेजले मात्र अन्तर्राष्ट्रिय उडान गर्दै आएको भैरहवा विमानस्थलका प्रमुख गोविन्द दाहालले भने, “यहाँबाट सफलतापूर्वक सम्पन्न गरि गएको र सबै कुरा राम्रो भन्ने आएकोले भविष्यमा हिमालय एयरलाइन्सले पनि यहाँबाट उडान गर्ने सम्भावना छ ।”

महँगो मानिएको यो तालिम नेपाली एयरलाइन्सहरूले यसअघि प्रायः भारतको बनारसमा गर्ने गरेका थिए । जहाजहरुले आफ्नो उड्ने र ओर्लने गन्तव्यभन्दा बाहिर (बेसभन्दा बाहिर) लगेर पाइलटलाई तालिम दिनुपर्ने हुन्छ । जसले विदेश जाने ठुलो धनराशीसमेत जोगिने भएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुरेश झाले भने, “यस्ता तालिम नभए पाइलटहरू तयार हुन सक्दैनन् र क्याप्टेन हुन सक्दैनन् । धेरै महँगो हुने भएकोले समूहमा यो तालिम गर्ने गरिएको छ ।

गत २ जेठबाट गौतमबुद्धमा व्यावसायिक उडान सुरू भएको हो । त्यसयता जजिराले हप्तामा सोमबार, बुधबार र शनिबार गरी तीन दिन उडान गर्दै आएको छ । वायुसेवा कम्पनीहरूलाई आकर्षित गर्न सरकारले यसअघि नै गौतमबुद्ध विमानस्थलमा एक वर्षका लागि अवतरण, सञ्चार, सुरक्षा लगायतमा शुल्कमा विमान कम्पनीलाई पूर्ण छुट दिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति