जिल्ला अस्पताल लमजुङमा डायलाइसिस सेवा सुरू

लमजुङ, ११ भदौ । जिल्ला अस्पताल लमजुङमा गण्डकी प्रदेश सरकारको सहयोगमा डायलाइसिस सेवा सुरू गरिएको छ । दोर्दी गाउँपालिका ८ की ७० वर्षकी महिला अनरुपी गुरुङलाई डायलाइसिस गराई अस्पतालबाट पहिलो पटक सेवा प्रारम्भ गरिएको जिल्ला अस्पताल लमजुङका प्रशासन प्रमुख हेमन्त श्रेष्ठले बताए ।

उनले भने डायलाइसिस सेवालाई प्रभावकारी बनाउन अहिले दैनिक १ जनाबाट सेवा प्रवाह गरिए पनि आगमी केही साताभित्र दैनिक ८ देखि १० जनासम्मलाई सेवा दिइने छ । अस्पतालमा जिल्ला अस्पताल लमजुङमा अहिले ६० बेड क्षमता छ । बढी खर्चिलो हुने र बिरामीले विभिन्न समस्या भोग्नुपरेका कारण उनीहरूलाई सहज बनाउन लमजुङ अस्पतालमै डायलाइसिस सेवा सुरू गरिएको गण्डकी प्रदेशकी स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी बताइन् ।

जिल्ला अस्पतालबाट ६ वटा डायलाइसिस उपकरणसहित व्यवस्थापन गरिएको सेवाले पहिलेदेखि डायलाइसिस गरिरहेका बिरामी लाभान्वित हुने मन्त्री अधिकारीले बताइन् ।

हेमोडायलाइसिस र पेरिटोनल डायलाइसिस गरी मृगोला रोगीलाई दुई प्रकारले डायलाइसिस गर्ने गरिन्छ । जिल्ला अस्पताल लमजुङमा थालिएको हेमोडायलाइसिस हो । कुनै पनि रोगका कारण मृगौलामा असर पर्‍यो भने जिल्ला अस्पतालमा डायलाइसिस गर्न सकिने जिल्ला अस्पताल लमजुङले जनाएको छ ।

मधुमेह, उच्च रक्तचाप, फोक्सोको समस्या लगायतका रोगका कारण मृगौलामा समस्या देखिएका बिरामीलाई जिल्ला अस्पताल लमजुङमा डायलाइसिस सेवा दिन सकिने अस्पतालका प्रशासन प्रमुख श्रेष्ठको भनाइ छ ।

अब लमजुङ र मनाङका मृगौलापिडितलाई डायलाइसिस सेवा लिनका लागि बाहिर जिल्ला जानुपर्ने बाध्यता हटेको छ । लमजुङमा डायलाइसिस आवश्यक पर्ने ६४ जना बिरामी छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board