कपिलवस्तुमा गोली चल्यो, एक जनाको मृत्यु

कपिलवस्तु, १० भदौ । गोली प्रहारबाट कपिलवस्तुको मायादेवी गाउँपालिका-६ मदरहवा गाउँमा एक जनाको ज्यान गएको छ ।

अज्ञात समूहले चलाएको गोली लागेर स्थानीय ५५ वर्षीय घुरहु भनिने राम समुझ पासीको ज्यान गएको हो ।

गोली प्रहारबाट घाइते भएका पासीलाई उपचारका लागि तौलिहवा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भइसकेको कपिलवस्तु प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति