धरान पुगेर प्रचण्डले हर्क सम्पाङसँगै गरे वृक्षारोपण (फोटो फिचर)

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङसँगको भेटमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका बाजा पूरा गरेका छन् ।

साम्पाङले खुमलटारमा भएको भेटमा प्रचण्डलाई श्रमदानको लागि निम्तो दिएका थिए । सो क्रममा प्रचण्डले छिट्टै श्रमदानका लागि धरान आउने बाचा गरेका थिए । आज धरान पुगेर साम्पाङसँगै वृक्षरोपण गरेर प्रचण्डले सो बाचा पुरा गरेका हुन् ।

धरानको ओसो पार्कमा भएको वृक्षरोपण कार्यक्रममा प्रचण्ड सहभागी भएका हुन् । सो अवसरमा मेयर साम्पाङसँगै धरान उपमहानगरपालिकाका जनप्रतिनिधि र सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति