‘आमाविहीनहरुको आमा’ जुनु पुन सम्मानित

काठमाडौं । राष्ट्रिय महिला नौमती बाजा प्रतियोगिता तथा सम्मान कार्यक्रममा सामाजिक अभियन्ता तथा आमाविहीनहरुको आमा जुनु पुन मगर सम्मानित भएका छन् ।

विहीबार काठमाडौंमा सहयात्रा नेपालद्वारा आयोजित सो कार्यक्रममा महिला, बालबालिका, जेष्ठ नागरिक तथा सामाजिक सुरक्षा मन्त्री उमा रेग्मीले पुनलाई सम्मान प्रदान गरेका हुन् ।

विगत करिब एक दशकदेखि द्वन्द पीडित तथा सहाराविहीन भएका बालबालिकाको अभिभावकीय भूमिका निर्वाह गर्दै आएकी पुनलाई सो कार्यक्रममा समाज सेवामा पुर्याएको योगदान वापत सम्मान प्रदान गरिएको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति