काठमाडौँ, ९ भदौ । अभिनेता विपिन कार्कीविरुद्ध चलचित्र निर्माता संघमा उजरी परेको छ ।
‘प्रसाद’का निर्माता सुवास थापाले अभिनेता कार्कीका कारण चलचित्र निमार्णमा क्षति भएको भन्दै निर्माता संघमा उजुरी दिएका हुन् ।
प्रसाद–२ को छायांकन सुरु भएकै दिन विपिनले सुटिङ स्थल छाडेर हिँडेका थिए, जसका कारण चलचित्र निमार्णको काम रोकिएको थियो । सहमतिअनुसार कार्कीले सुटिङ छाडेर हिँडेपछि चलचित्र निमार्ण अलपत्र परेको भन्दै थापाले कार्कीविरुद्ध निर्माता संघमा उजुरी दिएका हुन् ।
कार्कीले पारिश्रमिक पाइने सुनिश्चितता नभएको भन्दै सुटिङ नगरी हिँड्नु परेको जनाउँदै आएका छन् ।
प्रतिक्रिया