झलनाथ खनाल इलाम–१ बाट सिफारिस

काठमाडौँ, १० भदौ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल इलाम–१ बाट प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार सिफारिस भएका छन् ।

आगमी ४ मंसिरमा हुन गइरहेको संघीय संसद र प्रदेशसभा सदस्यको उम्मेदवार सिफारिस गर्न बसेको जिल्ला समिति बैठकले इलाम–२ का लागि युवा संघका महासचिव सञ्जिप राईलाई सिफारिस गरेको छ ।

प्रदेशसभा निर्वाचनका लागि प्रदेश–१ को ‘क’ र ‘ख’का लागि जिल्ला अध्यक्ष भक्त केसी, वृहस्पति खतिवडा, सावित्रा गर्तौला, खिनु, लङगुवा, जितबहादुर राईको नाम केन्द्रीय कार्यालयमा सिफारिस गरेको छ ।

यसैगरी, प्रमिला बस्नेत, सोम शर्मा हरि वालालगायतलाई भने क्षेत्र नम्बर–२ ‘क’ र ‘ख’का लागि नाम सिफारिस गरिएको एकीकृत समाजवादीले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति