बार्सिलोना र बायर्न म्युनिख एकै समूहमा

काठमाडौँ, १० भदौ । युरोपियन फुटबल एसोसियसन (युइएफए)ले बिहीबार राति च्याम्पियन्स लिग फुटबलको समूह चरणको ड्र सार्वजनिक गरेको छ ।

ड्रअनुसार दुई महारथी क्लब बार्सिलोना र बायर्न म्युनिख समूह ‘सी’ मा परेको छन् । अन्य समूहको तुलनामा यो समूहलाई कठिन मानिएको छ । यस समूहमा इन्टर मिलान र भिक्टोरिया प्लेजन रहेको छ ।

समूह ‘ए’ मा आयाक्स, लिभरपुल, नापोली र रेन्जर्स रहेको छ । समूह ‘बी’ मा पोर्टो, एट्लेटिको मड्रिड, बायर्न लिभरकुसेन र क्लब ब्रुग रहेको छ ।

समूह ‘डी’ मा फ्रान्कफर्ट, टोटेनहम, स्पोर्टिङ सिपी र मार्सेली रहँदा समूह ‘ई’मा एसी मिलान, चेल्सी, साल्जवर्ग र डिनामो जाग्रेब छन् । समूह ‘एफ’मा रियल मड्रिड, लाइपजिग, शाख्तर डोनेक्स्ट र सेल्टिक रहेको छ ।

समूह ‘जी’ मा म्यानचेस्टर सिटी, सेभिया, बोरुसिया डर्टमण्ड र कोपेनहेगन रहदा समूह ‘एच’ मा पेरिस सेन्ट जर्मेन (पिएसजी), युभेन्ट्स, बेन्फिका र हाइफा रहेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board