काठमाडौँ, १० भदौ । स्थायी कमिटी बैठकले तय गरेका १९ वटा एजेन्डामा छलफल गर्नका लागि नेकपा (एमाले)को केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदै छ ।
आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको योजना, चुनावी घोषणा पत्रको तयारी, उम्मेदवार छनोटको मापदण्ड, स्थानीय तह निर्वाचनको क्रममा प्राप्त उजुरीका बारेमा निर्णय लिनेलगायतका एजेन्डामा छलफल गर्नका लागि आजदेखि केन्द्रीय समिति बैठक सुरू हुन लागेको हो ।
प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार बैठक दुई दिनसम्म चल्ने छ ।
प्रतिक्रिया