गठबन्धन बैठक : सेना प्रमुखसहितलाई राष्ट्रपतिले भेटेको विषय उठ्यो

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सेना प्रमुखसहितका सुरक्षाकर्मीलाई भेटेको विषय सत्ता गठबन्धनको बैठकमा चर्चा भएको छ ।

बालुवाटारमा आज बसेको बैठकमा राष्ट्रपतिले पछिल्ला दिन सैनिक अधिकारी र कानुनविद्सँग लगातार गरेको भेटबारे कुरा उठेको हो ।

संघीय संसदका दुवै सदनबाट पारित गरेर सभामुख अग्निप्रसाद सापकोटाले विधेयक प्रमाणित गरी १५ साउनमा प्रमाणीकरणका लागि राष्ट्रपति निवास पठाएका थिए । तर, राष्ट्रपति भण्डारीले २९ साउनमा विधेयकलाई परिमार्जन गर्न आग्रह गर्दै संसदमै विधेयक फिर्ता पठाएकी थिइन।

त्यही विधेयकलाई गठबन्धनले हुबहु संसदमा पेश गर्ने निर्णय गरेपछि २ भदौमा प्रतिनिधि सभाबाट दोस्रो पटक बहुमतले पारित भएको थियो।

प्रतिनिधि सभाबाट पारित भएको विधेयक राष्ट्रिय सभामा पेश हुन पाएको छैन।

यसैगरी गठबन्धनको बैठकमा नागरिकता विधेयकका विषयमा राष्ट्रिय जनमोर्चाबाहेक अन्य चार दल एकै ठाउँ उभिएका छन्।

गठबन्धनले कर्मचारी आन्दोलन समाधान गर्नुपर्ने विषयमा पनि छलफल गरेको छ।

शान्ति प्रक्रियासँग जोडिएका सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता नागरिकता खोजबिन विधेयक पारित गर्नुपर्ने गठबन्धनमा समझदारी बनेको अर्का नेताले जानकारी दिए।

गठबन्धन बैठकमा राष्ट्रपतिले गरिरहेको छलफल केका लागि हो जानकारी हुनुपर्ने समेत आवाज उठेको ती नेताले बताए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति