युक्रेनी रेल स्टेसनमा मिसाइल हमला, १५ जनाको मृत्यु

किभ । युक्रेनी रेलवे स्टेसनमा रुसी आक्रमणमा १५ जनाको मृत्यु हुनुका साथै अन्य ५० जना घाइते भएका छन् ।

‘मैले भर्खरै मध्य दिनिप्रोपेटत्रोभ्स्क क्षेत्रको रेलवे स्टेसनमा रूसी मिसाइल आक्रमणको बारेमा जानकारी प्राप्त गरेको छु । कम्तीमा १५ जनाको मृत्यु भएको ५० जना घाइते भएका छन्,’ राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्र सुरक्षा परिषदमा एक भाषणमा भने।

राष्ट्रपति जेलेन्स्कीले बुधबार आफ्नो देशले मस्कोसँगको युद्धको ६ महिना पूरा गरेको बताएका छन् । बिस्फोटपछि चार ओटा यात्रु कारमा आगो लागेको उनले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति