भिजिट भिसामा विदेश जान लागेका ७३ महिला काठमाडौं एयरपोर्टबाट फर्काइए

काठमाडौं । भिजिट भिसामा विदेश जान लागेका ७३ महिलालाई विमानस्थल प्रहरीले फर्काइदिएको छ । सरकारले तोकेको मापदण्ड पूरा नगरी विदेश जान लागेका महिलालाई फिर्ता गरिएको हो ।

विमानस्थल सुरक्षा कार्यालयका डिआइजी श्यामलाल ज्ञवालीका अनुसार, हिजो र आज गरी ७३ महिलालाई विमानस्थलबाट फर्काइएको हो ।

विमानस्थल प्रहरीले हिजो ३९ जनालाई फर्काएको थियो भने आज ३४ जनालाई फर्काएको छ । अहिले पनि थप अनुसन्धान भइरहेको भन्दै प्रहरीले फर्काउनेको संख्या बढ्ने अनुमान गरेको छ । रातको उडानमार्फत महिलाहरु विदेश उड्ने गरेका थिए ।

उनीहरुको भिसा सक्कली नै भएपनि भिसाको लागि पेश गरेको कागजात नक्कली भएको प्रहरीको भनाइ छ । धेरैजसो खाडी मुलुक र मध्यपूर्वी देशमा जान लागेका महिलाहरु विमानस्थलबाट फर्काइएका हुन् ।

फर्काइएका महिलाहरलाई माइती नेपालको संरक्षणमा राखिएको छ ।

प्रहरीले पाएको गोप्य सूचनाको आधारमा भिजिट भिसामा जाने महिलाहरुलाई फर्काएका हुन् । ती महिलाहरु दलालहरुमार्फत भिजिट भिसामा रोजगारीका लागि जाँदै गरेको सूचना प्रहरीले पाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति