हङकङ एसिया कपमा छनोट

काठमाडौँ, ९ भदौ । युएइमाथि ८ विकेटको जितसहित हङकङले एसिया कप टी–२० क्रिकेट २०२२ मा स्थान पक्का गरेको छ ।

बुधबार सम्पन्न एसिया कपको छनोट खेलमा युएइले प्रस्तुत गरेको १४८ रनको लक्ष्य हङकङले १९ ओभरमा मात्र दुई विकेट गुमाउँदै पूरा गर्‍यो ।

हङकङका लागि यासिम मुर्ताजाले ५८ र बाबर हायातले अविजित ३८ रनको योगदान गरे । त्यस्तै, कप्तान तथा ओपनर निजाकत खानले ३९ रन जोडे । युएइका बासिल हामेद र जुनैद सिद्दिकीले समान एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङका लागि आएको युएइ १९.३ ओभरमा मात्र १४७ रनमा सीमित भएको थियो ।

युएइका लागि कप्तान रिजवानले ४९ र जवारले ४१ रन जोडे । हङकङका इशान खानले ४ र आयुष शुक्लाले ३ विकेट लिए ।

३ खेलमा सतप्रतिशत नतिजा ल्याएको हङकङको ६ अंक रह्यो भने कुवेतको समान खेलमा ४ अंक रह्यो । युएइको २ अंक रह्यो भने सिंगापुरले अंक खाता खोल्न सकेन ।

हङकङले समूह ‘ए’ मा भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने छ । समूह ‘बी’ मा भने श्रीलंका, अफगानिस्तान र बंगलादेश रहेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board