देउवाले निकटस्थ नेताहरूसँग भने– राष्ट्रपतिले राजीनामा दिन्छु भन्नुभएको छ

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले पदबाट राजीनामा दिने तयारी गरेकी छन् । सत्तारूढ दल नेपाली कांग्रेसका एक शीर्ष नेताका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले आफूनिकट नेताहरूसँग राष्ट्रपति भण्डारीले राजीनामा दिने तयारी गरेको बताएका छन् ।

राष्ट्रपतिले बुधबार आफ्नो सुरक्षामा खटिएका वर्तमान तथा पूर्वअधिकारीहरूलाई शीतल निवासमा बोलाएकी थिइन् ।

स्रोतका अनुसार आफूले फिर्ता गरेको नागरिकता विधेयक प्रतिनिधिसभाले फेरि हुबहु पारित गरेपछि राष्ट्रपति असन्तुष्टि बनेकी छन् । प्रमाणीकरणका लागि पठाइएको नागरिकता विधेयक फिर्ता पठाइएदिएपछि नागरिकस्तरबाट उनको तारिफ भएको थियो । त्यही ‘पब्लिक सेन्टिमेन्ट’ क्याच गर्ने रणनीति एमालेको हुनसक्ने कांग्रेस नेताहरूको बुझाइ छ ।

यद्यपि कतिपयले राष्ट्रपतिको भूमिकामा प्रश्न उठाउँदै आएका छन् ।

राष्ट्रपतिको सम्भावित राजीनामालाई कांग्रेस नेताहरूले एमालेको ‘चुनावी चाल’का रूपमा अर्थ्याएका छन् । आगामी चुनावमा नागरिकताकै मुद्दालाई बलियो बनाउन एमालेले चाल चालेको उनीहरूको बुझाइ छ ।

सत्ता गठबन्धनको शीर्ष नेतृत्वमा पनि उनको सम्भावित राजीनामाबारे छलफल भइरहेको छ । नेताहरूले उनको राजीनामाले पार्ने प्रभावबारे विभिन्न दृष्टिकोषबाट विश्लेषण गरिरहेका छन् ।

पहिलो पटक २०७२ कत्तिक ११ मा राष्ट्रपतिमा निर्वाचित भएकी भण्डारी दोस्रोपटक २०७४ फागुन २९ मा निर्वाचित भएकी थिइन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति