काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई बोलाएकी छिन् ।
राष्ट्रपति भण्डारीले आफ्नो सुरक्षामा खटिएका वर्तमान र पूर्वसुरक्षा अधिकारीहरूलाई भेटका लागि बोलाएकी हुन् ।
नेपाली सेनाको परमाधिपति समेत रहेकी राष्ट्रपति भण्डारीले बुधबार भेटका लागि शीतल निवासमा बोलाएको स्रोतले जानकारी दिएको छ ।
दोस्रो कार्यकालको अन्तिम चरणमा रहेकी भण्डारीले पछिल्लो समय अन्य विभिन्न पेसा व्यवसायका व्यक्तिहरूलाई पनि भेट गरेकी छन् ।
उनी पहिलो पटक २०७२ कात्तिक १२ मा निर्वाचित भएकी थिइन् । त्यसैगरी दोस्रो पटक २०७४ फागुन २९ मा निर्वाचित भएकी हुन् ।
संसदबाट पारित गरेको नागरिकता विधेयक फिर्ता पठाएपछि प्रतिनिधिसभाले हुबहु पुनः अनुमोदन गरेपछि राष्ट्रपति भण्डारी सरकारसँग असन्तुष्ट रहँदै आएको स्रोतले जनाएका छन् ।
प्रतिक्रिया