रोहित चन्द सम्मिलित केडिरीको पाँचौँ हार

काठमाडौँ, ८ भदौ । इन्डोनेसियन लिगा वानमा नेपाली राष्ट्रिय फुटबलर रोहित चन्दको टिमले पाँचौँ हार ब्यहोरेको छ ।

मंगलबार भएको खेलमा रोहितको टिम पर्सिक केडिरी पिएसएस स्लेमानसँग २–० ले पराजित भएको हो । पिएसएस स्लेमानको जितमा इर्खाम मिल्ला र किम कुर्नियावानले एक–एक गोल गरे ।

स्लेमानले पहिलो हाफको अन्तिम मिनेटमा मिल्लाले गरेको गोलबाट अग्रता लिएको थियो । यस्तै, खेल सकिन चार मिनेट बाँकी रहँदा कुर्नियावानले अग्रता दोब्बर पारेसँगै पिएसएस स्लेमानले जित निश्चित गर्‍यो । खेलमा रोहितले निर्धारित ९० मिनेट नै मैदानमा बिताएका थिए ।

हारसँगै ६ खेलबाट एक अंकमात्र जोडेको केडिरी तालिकाको पुछारमा छ । यस्तै, समान खेलबाट आठ अंक जोडेको पिएसएस स्लेमान आठौँ स्थानमा छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board