काठमाडौँ, ८ भदौ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दललाई निवेदन पेस गर्न आह्वान गरेको छ ।
आगमी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा समानुपातिक निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई निवेदन दिन आह्वान गरेको हो ।
निर्वाचन आयोगले जारी गरेको सार्वजनिक सूचनाअनुसार १० भदौदेखि १२ सम्म समानुपातिकतर्फको निर्वाचनमा भाग लिनका लागि दल दर्ता गरिसक्नु पर्ने छ ।
आयोगले गत साउनमा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आह्वान गर्दा ८७ दलले निर्वाचन आयोगमा दल दर्ता गराएका थिए ।
प्रतिक्रिया