काभ्रेमा बम डिस्पोज गरेपछि सवारी साधन सुचारू

काभ्रे, ७ भदौ । बिपी राजमार्गमा फेला परेको बम नेपाली सेनाले डिस्पोज गरेपछि सवारी साधान सुचारु भएका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक ढुण्डीराज न्यौपानेका अनुसार धुलिखेल नगरपालिका–९ स्थित बिपी राजमार्गमा राखिएको बम नेपाली सेनाको कालीजंग गण धुलिखेलवाट खटिएको धुलिखेलले डिस्पोज गरेपछि सवारी साधान सुचारू भएको हो ।

खतरा लेखिएको प्रेसरकुकर बम राजमार्गमा देखेपछि स्थानियवासीले प्रहरीलाई खबर गरेका थिए । सो खबर पाएलगत्तै नेपाल प्रहरी र नेपाली सेनाको कालीजंग गण धुलिखेलबाट खटिएको बम डिस्पोजल टोलीले झन्डै दुई घन्टा लगाएर उक्त बम डिस्पोज गरेको थियो ।

बम राख्नेको खोजी भइरहेको काभ्रे प्रहरीले जनाएको छ ।

सरकारसँग भएको ३ बुँदै सम्झौताअनुसार आफ्नो पार्टीका नेता, कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता, थुनाबाट मुक्त गर्नुपर्ने माग अगाडि सार्दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपासहित ४ साना पार्टीले आज देशव्यापी बन्दको घोषणा गरेको छ ।

काभ्रे प्रहरीले बन्दकर्ताले आजको बन्द सफल बनाउन सो बम राखेको आशंकासहित अनुसन्धान अघि बढाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति