दिपायल बजार बन्द गराउँदै हिँड्ने दुई पक्राउ

डोटी, ६ भदौ । डोटीमा बन्द गराउँदै हिँड्ने नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका दुई कार्यकर्ता परेका छन् ।

चन्द नेतृत्वकासहित ४ पार्टीले घोषणा गरेअनुसार दिपायल बजार बन्द गराउँदै हिँडेका दुई कार्यकर्तालाई पक्राउ परेका हुन् ।

डोटी प्रहरीका अनुसार यसरी पक्राउ पर्नेमा मोहन कठायत र प्रकाश कठायत रहेका छन् । डोटीमा बन्दको प्रभाव न्यून देखिएको छ ।

सरकारसँग भएको ३ बुँदै सम्झौताअनुसार आफ्नो पार्टीका नेता, कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता, थुनाबाट मुक्त गर्नुपर्ने माग अगाडि सार्दै विप्लव नेतृत्वको नेकपाले मंगलबारका लागि देशव्यापी बन्दको घोषणा गरेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board