कैलालीका दुई ठाउँमा शंकास्पद वस्तु फेला

कैलाली, ७ भदौ । कैलालीका दुई ठाउँमा शंकास्पद वस्तु फेला परेको छ । जिल्लाको गोदावरी नगरपालिका–१ अत्तरियास्थित मोहनापुल–अत्तरिया ६ लेन सडक खण्ड र पूर्वपश्चिम राजमार्गअन्तर्गत हरैया शिविर नजिकै शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

अत्तरियामा कपडामा बेरेको अवस्थामा र हरैयामा प्रेसर कुकुर बमजस्तो देखिने शंकास्पद वस्तु भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले बताए । उक्त शंकास्पद वस्तु निष्क्रिय पार्न नेपाली सेनाको टोली पुग्दै गरेको समेत उनले जानकारी दिए ।

मंगलबार नेपाल बन्द आह्वान गरेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ती शंकास्पद वस्तु राखेको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

बन्दका कारण कैलालीमा लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board