एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ, ७ भदाै । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को निर्वाचनको तयारी तथा रणनीति बनाउन केन्द्रीय तहका बैठकहरू आजदेखि सुरू हुने भएको छ ।

मंगलबार स्थायी कमिटी बैठक बोलाएको एमालेले भदौ ९ गते पोलिटब्युरो र १० तथा ११ गते केन्द्रीय कमिटी बैठक आह्वान गरिसकेको छ ।

आज बिहान ११ बजे बस्ने स्थायी कमिटी बैठकले चुनावको तयारीका बारेमा छलफल गर्ने छ । बैठक केन्द्रीय कार्यालय च्यासलमा बस्ने छ ।

सो बैठकले संघीय तथा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीका घोषणापत्र, चुनावी रणनीति तथा अन्य तयारीलगायतको विषयमा छलफल गर्ने छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति