बिस्फोटमा पुटिनका निकट सहयोगीकी छोरीको मृत्यु

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनको नजिकको सहयोगी भनी अफवाह फैलाउने एक प्रख्यात रूसी राष्ट्रवादीकी छोरीको मस्को बाहिर एउटा कार–बम बिस्फोटमा मारिएकी छन् । २९ वर्षीया दर्या दुगीनाको शनिबार राति यात्रा गरिरहेकी टोयोटा ल्यान्ड क्रुजरमा बिस्फोटक पदार्थ बिस्फोट हुँदा मृत्यु भएको अनुसन्धानकर्ताहरूले बताएका छन् ।

दुगिना अलेक्ज्याण्डर दुगिनकी छोरी हुन् । अलेक्जेन्डरले लामो समयदेखि रुसी भाषा बोल्ने क्षेत्रलाई नयाँ रुसी साम्राज्यको भागको रूपमा एकीकरण गर्न वकालत गरेका छन् । पुटिनको विश्वदृष्टिकोण र युक्रेनप्रतिको दृष्टिकोणलाई आकार दिन उनी प्रभावशाली मानिन्छन् । तथापी, उनको दृष्टिकोणलाई लिएर रुसमा बहस हुने गरेको छ । दुर्घटनाको समयमा उनी बाबुको कारमा चढेकी थिइन् ।

दुगिनालाई व्यक्तिगत रुपमा चिन्ने आन्द्रेई क्रास्नोभका अनुसार आक्रमणकारीले बाबुलाई निशाना बनाउने क्रममा छोरीको ज्यान गएको हुन सक्छ । आक्रमणको जिम्मा कुनै समूहले लिएको छैन । रुसी अखबार रोसीकाया गजेटका अनुसार बाबुछोरी मस्को बाहिर सांस्कृतिक उत्सवमा भाग लिएर फर्किँदै थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति