लेवान्डोस्कीको गोलमा बार्सिलोनाको पहिलो जित

काठमाडौँ । स्टार खेलाडी रोबर्ट लेवान्डोस्कीको दुई गोल प्रेरित बार्सिलोनाले आइतबार राति स्पेनिस ला लिगा फुटबलमा रियल सोसिडाडलाई ४–१ अन्तरले पराजित गरेको छ ।

पहिलो जित निकाल्ने क्रममा लेवान्डोस्कीले दुई गोल गरे भने अन्सु फाती र औसमाने डेम्बेलेले एक एक गोल गरे । सोसिडाडका एलेक्सजेण्डर इसाकले एक गोल फर्काए ।

बार्सिलोनाले पहिलो मिनेटमै गोल गरे पनि पहिलो हाफ १–१ बराबरीमा सकिएको थियो । दोस्रो हाफमा आक्रमक खेल खेल्न सफल बार्सिलोनाले तीन गोल थप्यो ।

पहिलो खेलमा रायो भालेकानोसँग रोकिएको क्याटलान क्लबको यो पहिलो तीन अंक हो ।

जितसँगै बार्सिलोनाले २ खेलमा ४ अंक जोडेर पाँचौँ स्थानमा छ । सोसिडाड २ खेलमा ३ अंक जोडेर दशौँ स्थानमा छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board