प्रदीप गिरिलाई श्रद्धाञ्जली दिन देउवा र ओली पुगे पशुपति आर्यघाट 

काठमाडौं, ५ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली कांग्रेसका दिवंगत नेता प्रदीप गिरिलाई श्रद्धाञ्जली दिन पशुपति आर्यघाट पुगेका छन् । 

शनिबार राति निधन भएका गिरिको अहिले पशुपति आर्यघाटनमा अन्तिम दाहसंस्कारको काम भइरहेको छ ।  गिरिलाई श्रद्धाञ्जली दिन कांग्रेससहित विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता पशुपति आर्यघाट पुगेका छन् । 

पशुपति आर्यघाट लैजानुअघि श्रद्धाञ्जलीका लागि गिरिको पार्थिव शरीरलाई कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो । 

घाँटीको क्यान्सर र निमोनियाबाट पीडित गिरिको शनिबार राति साढे ९ बजे ७४ वर्षको उमेरमा निधन भएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति