गिरिको निधनप्रति एमाले अध्यक्ष ओलीद्वारा दुःख व्यक्त

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनमा दुःख व्यक्त गरेका छन् ।

शनिबार राति उपचारको क्रममा निधन भएका गिरिप्रति श्रद्धाञ्जली व्यक्त गर्दै अध्यक्ष ओलीले परिवारजनप्रति समवेदन प्रकट गरेका छन् ।

‘चिन्तनशील राजनीतिकर्मी, मित्र प्रदीप गिरिको निधनबाट मर्माहत भएको छु’ आइतबार बिहान ट्विट गर्दै ओलीले भनेका छन्, ‘उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति