गिरिको निधनमा राष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कांग्रेसका नेता प्रदीप गिरिको निधनमा शोक व्यक्त गरेकी छन् ।

गिरिको निधनले सिद्धान्तनिष्ट बौद्धिक व्यक्तित्व गुमाएको समेत राष्ट्रपति भण्डारीले जनाएकी छन् ।

‘समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनको खबरले अत्यन्त दुःखी बनाएको छ, उहाँको निधनबाट हामीले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएका छौँ,’ उनले भनेकी छन्, ‘म दिवंगत प्रदीप गिरिप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । साथै, शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु।’

उपचारको क्रममा गएराति प्रतिनिधिसभा सदस्यसमेत रहेका गिरिको निधन भएको थियो । आजै उनको पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति