गिरिको निधनप्रति प्रचण्डद्वारा दुःख व्यक्त

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस नेता प्रदीप गिरिको निधनमा शोक व्यक्त गरेका छन् ।

उपचारको क्रममा गएराति निधन भएका गिरिको निधनले समकालीन नेपाली राजनीतिमा एक गहिरो अभावको अनुभूति भएको अध्यक्ष प्रचण्डले जनाएका छन् ।

‘नेपाली राजनीतिका वौद्धिक व्यक्तित्व वरिष्ठ समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदीप गिरको निधनले स्तब्ध बनाएको छ,’ प्रचण्डले सामाजिक सञ्जालमा भनेका छन्, ‘गिरिको निधनबाट समकालीन नेपाली राजनीतिमा एक गहिरो अभावको अनुभूति गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछु ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति