रियल मड्रिडको लगातार दोस्रो जित

काठमाडौँ। साविक विजेता रियल मड्रिडले स्पेनिस ला लिगामा लगातार दोस्रो जित निकाल्ने क्रममा सेल्टा भिगोलाई ४–१ अन्तरले पराजित गरेको छ ।

करिम बेन्जेमाको गोलमा रियलले खेलमा अग्रता बनायो तर लागो आसपासले गोल गर्दै खेल १–१ को स्थितिमा ल्याए । दुवै गोल पेनाल्टीमा भएको थियो ।

यसपछि क्रोयसियाका ३६ वर्षीय खेलाडी लुकाले डेभिड अलाबाको पासमा २५ यार्डबाट गोल गरे । भिनिसियस जुनिअरले तेस्रो तथा फेडेरिको भाल्भार्डेले चौथो गोल गरे ।

खेल सकिन पाँच मिनेटअघि रियलले पुनः पेनाल्टी पायो । तर, इडेन हाजार्डको प्रहार गोलरक्षक मार्चेसिनले रोके ।

उनले ला लिगाको ५० खेलमा जम्मा ४ गोल गरेका छन् । जितसँगै रियल ला लिगाको शीर्ष स्थानमा छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board