कांग्रेस नेता गिरिको आजै अन्त्येष्टि गरिने

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको आज अन्त्येष्टि गरिँदै छ । शनिबार राति ७५ वर्षको उमेरमा उपचारकै क्रममा निधन भएका गिरिको आज हिन्दु संस्कारअनुसार अन्त्येष्टि गरिने छ ।

कांग्रेस संसदीय दलको कार्यालयका अनुसार उनको पार्थिव शरीर मेडिसिटी अस्पतालको शिवालयमा आज बिहान ९ बजेदेखि ११ बजेसम्म श्रद्धाञ्जलीका लागि राखिने छ । त्यसपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा साढे ११ देखि दिउँसो २ बजेसम्म श्रद्धाञ्जलीका लागि राखिने छ ।

त्यसपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ ।

प्रतिनिधिसभा सदस्यसमेत रहेका गिरि लामो समयदेखि घाँटीको क्यान्सरबाट पीडित थिए ।

समाजवादी चिन्तक गिरि लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको उपचारपछि नेपाल फर्किएका थिए ।

घाँटीको क्यान्सर भएपछि भारत गएर शल्यक्रिया गरेका गिरि गत साउन ९ गते मेडिसिटी अस्पताल भर्ना भएका थिए । उनलाई निमोनियाले च्याप्नुका साथै शरीरका धेरै अंगले काम गर्न छाडेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति