टर्कीमा सवारी दुर्घटना हुँदा ३२ जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाडौँ । शनिबार दक्षिणपूर्वी टर्कीमा भएका दुर्घटनामा कम्तीमा ३२ जनाको मृत्यु भएको छ ।

पहिलो दुर्घटनामा आपतकालीन मजदुर र पत्रकारसहित १६ जनाको मृत्यु भएको दक्षिणपूर्वी प्रान्त गाजियन्टेपका क्षेत्रीय गभर्नर दाउट गुलले बताए । दुर्घटनामा अन्य २० जना घाइते भएका छन् र उनीहरुको उपचार भइरहेको छ ।

त्यस्तै, मार्डिनको डेरिक जिल्लामा भएको अर्को दुर्घटनामा १६ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् । दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति