अमेरिका र ताइवानद्वारा व्यापार वार्ताको घोषणा

एजेन्सी । अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको विवादास्पद ताइवान भ्रमणपछि ताइपेई र अमेरिकाले औपचारिक रूपमा व्यापार वार्ता गर्ने भएका छन् ।

पहिलो चरणको वार्ता चाँडै हुने अमेरिकी व्यापार प्रतिनिधिको कार्यलयले जनाएको छ । बजार सहरिकरण, डिजिटल व्यापार र भ्रष्टाचारविरोधी मापदण्डबारे उनीहरूको छलफल हुने जनाइएको छ । पेलोसीको ताइवान भ्रमणपछि अमेरिका र चीनबीचको तनाव चर्किएको छ ।

२१ औँ शताब्दीको व्यापारमा अमेरिका–ताइवान पहल पहिलो पटक जुनमा अनावरण गरिएको थियो ।

दुवै पक्ष वार्ताको जनादेशमा सहमतिमा पुगेका छन् । ‘हामी एउटा महत्वाकांक्षी तालिका पछ्याउने योजनामा छौँ, जसले २१औँ शताब्दीको अर्थतन्त्रलाई अझ राम्रो, समृद्ध र लचिलो बनाउन मद्धत गर्ने छ’ अमेरिकाका उप व्यापार प्रतिनिधि सारा बियान्चीले एक विज्ञप्तिमा भने ।

“हामी एउटा महत्वाकांक्षी तालिका पछ्याउने योजनामा छौँ… जसले २१औँ शताब्दीको अर्थतन्त्रलाई अझ राम्रो, समृद्ध र लचिलो बनाउन मद्धत गर्ने छ,” संयुक्त राज्य अमेरिकाका उप व्यापार प्रतिनिधि सारा बियान्चीले एक विज्ञप्तिमा भनिन् ।

सन् २०२० मा ताइवान र अमेरिकाबीच झन्डै १०६ अर्ब डलर बराबर भएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति