एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उनकी प्रभावशाली बहिनीले दक्षिण कोरियाका राष्ट्रपतिले प्रस्ताव गरेको निःशस्त्रीकरण–सहायता सम्झौतालाई अस्वीकार गर्दै यसलाई ‘मूर्ख’ योजना बताएकी छन् । सियोलसँग संलग्न हुने विचारलाई उनले खारेज गरेकी छन् ।
किम यो जोङले दक्षिण कोरियाली राष्ट्रपति युन सुक येओललाई ‘व्यर्थको सपना देख्न बन्द गर्न’ भनेको राज्यको आधिकारिक कोरियाली केन्द्रीय समाचार एजेन्सीले शुक्रबार जनाएको छ ।
‘हामी युन सुक येओललाई मानिसको रूपमा मन पराउँदैनौँ,’ मेमा पदभार ग्रहण गर्ने क्रममा प्योङयाङप्रति कडा अडान लिने प्रतिबद्धता जाहेर गरेका रुढिवादी दक्षिण कोरियाली नेताबारे किम यो जोङले भनिन् ।
प्रतिक्रिया