सन्दीप लामिछानेले भाइपर्सबाट युएइको टी–२० लिग खेल्ने

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले डेजर्प भाइपर्सबाट युएइको फ्रेन्चाइज क्रिकेट युएइ इन्टरनेसनल टी–२० लिग खेल्ने भएका छन् ।

लान्सर क्यापिटलको स्वामित्वमा रहेको डिजर्ट भाइपर्सले शुक्रबार लिगका लागि १४ विदेशी खेलाडीको नाम सार्वजनिक गरेको छ ।

जसमा सन्दीप लामिछानेसँगै टम कुरान, शेल्डन कोट्रेल, एलेक्स हेल्स, साम बिलिङ्स, कोलिन मुनरो, वानिन्दु हसरंग, बेन डकेटलगायत खेलाडी छन् ।

भाइपर्सले शुक्रबार सन्दीपलाई प्रतियोगिताका लागि अनुबन्ध गरिएको जनाएको छ ।

इमिरेट्स क्रिकेट बोर्डको आयोजनामा हुन लागेको पहिलो संस्करणको इन्टरनेसनल लिग टी–२० क्रिक्रेट प्रतियोगितामा सन्दीप लामिछाने यसअघि नै मार्की खेलाडीको रूपमा अनुबन्ध भएका थिए ।

प्रतियोगिता आगामी वर्ष जनवरी ६ देखि फेब्रुअरी १२ सम्म आयोजना हुने छ । जसमा ६ फेन्चाइज टोलीले डबल राउन्ड रोविनका आधारमा प्रतिस्पर्धा गर्ने छन् ।

आयोजकका अनुसार हरेक टोलीमा १८ खेलाडी हुने छन् । जसमध्ये १४ खेलाडी विदेशी रहने छन् । भाइपर्ससहित ६ वटै टोलीले आफ्नो १४ विदेशी खेलाडीको नाम सार्वजनिक गरिसकेका छन् । हरेक टोलीको बाँकी ४ खेलाडी भने युएइकै हुने बताइएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board