क्यासेमिरो म्यानचेस्टर युनाइटेड जाने

काठमाडौँ । स्पेनिस क्लब रियल मड्रिडका मिडफिल्डर क्यासेमिरो इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड जाने भएका छन् ।

ब्राजिलियन मिडफिल्डर क्यासेमिरोलाई युनाइटेडले चार वर्षका लागि अनुबन्ध गर्ने सैद्धान्तिक सहमति भएको छ । दुवै क्लबले आधिकारिक पुष्टि गरेका छैनन् ।

३० वर्षीय क्यासेमिरो सन् २०१३ मा रियल आएका थिए । यस क्रममा रियलका लागि तीन ला लिगा र पाँच च्याम्पियन्स लिग जितेका छन् । जहाँ दुई सय २२ खेलमा २४ गोल गरेका छन् ।

क्यासेमिरो युनाइटेड जाने भएसँगै पूर्वसहकर्मी क्रिस्टियानो रोनाल्डोसँग पूनर्मिलन हुने भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति