नागरिकता विधेयकमाथि छलफल, जनमत विभाजित गर्ने काम नगर्न एमालेको आग्रह

काठमाडौं, २ भदौ । प्रतिनिधिसभामा राष्ट्रपति कार्यालयबाट सन्देशसहित फिर्ता आएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि छलफल भइरहेको छ । 

उक्त विधेयकमाथि पुनर्विचार गरियोस् भन्ने गृहमन्त्री बालकृष्ण खाणले पेस गरेको प्रस्तावलाई जारी बैठकले बहुमतले स्वीकृत गरेपछि छलफल सुरु भएको हो । 

छलफलमा भाग लिँदै एमालेले नागरिकताजस्तो विषयलाई जनमत विभाजित गरेर पास गर्न नहुने बताएको छ । एमाले सांसद प्रदीप ज्ञवालीले जनमत विभाजित गर्नेगरी काम नगर्न सरकारलाई सुझाव दिए ।

विधेयक फिर्ता पठाउने क्रममा राष्ट्रपतिबाट उठाइएका प्रत्येक प्रश्नलाई गम्भीर रुपमा लिनुपर्नेमा जोड दिएका उनले  विधेयकमाथि सांसदहरुलाई संशोधन हाल्ने अवसर दिनुपर्ने माग गरे । 

सत्ताको बहुमतमा टाउको गनेर पारित गर्न नहुने बताएका उनले यसरी पारित गरिँदा परिणाम राम्रो नहुने भन्दै सचेत गराए । जसकारण राष्ट्रपतिले दिएको नागरिकता विधेयकलाई सर्वस्वीकार्य दस्तावेज बनाउने अवसरलाई सदुपयोग गर्नुपर्नेमा उनको जोड छ । 
 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति