काठमाडौँ । अफगानिस्तानको राजधानी काबुलको एउटा मस्जिदमा भएको हमलामा कम्तीमा २० जनाको मृत्यु भएको छ ।
साँझको प्रार्थनाको समयमा भएको उक्त बिस्फोटमा अन्य केही घाइते भएका छन् । बिस्फोटमा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने सरकारी अधिकारीले बताएका छन् । बिस्फोटको जिम्मा कुनै समूहले लिएको छैन ।
घाइतेको स्थानीय अस्पतालमा उपचार गरिएको प्राप्त विवरण जनाइएको छ । बिस्फोटमा २० जनाको मृत्यु भएको अलजजिराले जनाएको छ ।
बिस्फोटमा ३५ जनाको हताहति भएको हुन सक्ने तालिबान अधिकारीले रोयटर्सलाई बताएको छ । एक वर्षअघि तालिबानले अफगानिस्तानको सत्तापलट गरेपछि पनि हत्या हिंसाका घटनामा कमी आएको छैन ।
केही साताअघि पनि मस्जिदमा बिस्फोट हुँदा सर्वसाधारणको मृत्यु भएको थियो ।
प्रतिक्रिया