गर्मी बढेसँगै दक्षिणपश्चिम चीनमा ५० लाख मानिस लोडसेडिङको चपेटामा

बेइजिङ । दक्षिणपश्चिम चीनका ५० लाखभन्दा बढी मानिसले बुधबार लोडसेडिङको सामना गरेका छन् ।

गर्मीको लहरले बिजुली आपूर्तिमा संकट भएसँगै लाखौँ मानिसले लोडसेडिङ सामना गर्न बाध्य भएका हुन् । हालैका दिनहरूमा सिचुआन प्रान्तमा तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ, जसका कारण एयर कन्डिसनको माग बढेको छ ।

यस क्षेत्र आफ्नो बिजुली उत्पादन गर्न बाँधमा पनि धेरै निर्भर छ । तर, गर्मीले जलाशय सुक्न थालेको छ जसका कारण ऊर्जा अभावलाई बढाएको छ ।

प्रान्तको उत्तरपूर्वी ५ दशमलब ४ मिलियन जनसंख्या भएको सहर दाझोयुमा बुधबार मात्र विद्युत आपूर्ति हुने एक स्थानीय पावर कम्पनीलाई उल्लेख गर्दै सांघाईस्थित एक स्थानीय सञ्चार माध्यमले जनाएको छ । उक्त क्षेत्रमा दैनिक तीन घण्टासम्म लोडसेडिङ हुने र आवश्यक परे कटौती लम्ब्याउन सकिने प्राप्त विवरणमा जनाइएको छ ।

विद्युत् अभावमा जापानी अटोमेकर टोयोटासँगको संयुक्त उद्यमसहित सिचुआनका कारखानाहरू काम रोक्न बाध्य भएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति