प्रधानन्यायाधीश जबराविरूद्धको महाअभियोग सिफारिस समितिको पहिलो बैठक बस्दै

काठमाडौँ, १ भदौ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरूद्धको महाअभियोग अध्ययन गर्न प्रतिनिधिसभाले गठन गरेको महाभियोग सिफारिस समितिको पहिलो बैठक आज बस्दै छ ।

गत १ फागुनमा महाअभियोगबाट निलम्बित भएका प्रधानन्यायाधीश जबरालाई महाअधियोग लगाउन हुने हो कि नहुने ? भन्ने बारेमा सिफारिस गर्न बनेको उक्त समितिको पहिलो बैठकमा सभापति चयन, कार्यविधिलगायतका विषयमा छलफल हुने छन् ।

प्रतिनिधिसभाले २३ फागुनमा छानबिनका लागि महाभियोग प्रस्ताव समितिमा गठन गरे पनि बैठक भने अझै बस्ने सकेको थिएन । प्रतिनिधिसभाले सो बारेमा लामो समयपछि समितिलाई अध्ययन गरी सिफारिस गर्नका लागि अनुमति दिएपछि पहिलो बैठक बस्न लागेको हो ।

जबराविरूद्ध विभिन्न २१ आरोप लगाएर सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का सांसदहरूले गत १ फागुनमा प्रतिनिधिसभामा महाभियोग दर्ता गराएका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board