सिपी गजुरेल समूह चुनावमा भाग लिने, विप्लव बहिस्कारमा

काठमाडौँ । आगमी ४ मंसिरमा हुन गइरहेको संघीय तथा प्रदेश निर्वाचनमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले निर्वाचनमा भाग नलिने भएको छ ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा शान्ति प्रक्रियामा आएको चन्द नेतृत्वको नेकपाले संघीय र प्रदेश संसदका दुवै चुनाव बहिस्कार गर्ने भएको हो ।

शान्ति प्रक्रियमा आएपनि अझै पनि मुद्दाहरु फिर्ता नभएको भन्दै सरकारकासँग आक्रोशित चन्द समूहले निर्वाचन प्रयोजनका लागि दल दर्ता नगराएको बुझिएको छ ।

उता, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीमा आवद्ध सिपी गजुरेलले भने देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल पार्टीमार्फत् निर्वाचन आयोगमा दल दर्ता गराएका छन् । गजुरेल नेतृत्वको सो मोर्चा वैद्य समूहको एक घटक हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board