निर्वाचन आयोगमा ८४ दल दर्ता, आजदेखि जाँचबुझ सुरू हुने

काठमाडौँ । संघीय संसद र प्रदेश संसद् निर्वाचनका लागि ८४ राजनीतिक दल दर्ता भएका छन् ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार ४ मंसिरका लागि तय गरिएको निर्वाचन प्रयोजनका लागि अन्तिम दिनसम्म ८२ दल दर्ता भएका हुन् ।

आयोगमा दर्ता भए अनुसार सिके राउत नेतृत्वको जनमत पार्टी एक नम्बरमा दर्ता भएको छ भने रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टी अन्तिममा दर्ता भएको छ ।

यसरी दर्ता भएका राजनीतिक दलका बारेमा निर्वाचन आयोगले आजैदेखि जाँचबुझ सुरू गरिने छ । राजनीतिक दलले पेस गरेका कागजपत्र सही छन कि छैनन् ? भन्ने बारेमा आजदेखि नै जाँच बुझ गरिने प्रवक्ता पौडेलले जानकारी दिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board