निहारिका प्रकरण : बलात्कार आरोपी पक्राउ

काठमाडौँ । प्रहरीले निहारिका प्रकरणमा आरोपित शिवराज श्रेष्ठलाई पक्राउ गरेको छ । उनलाई धनुषाबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता टेकप्रसाद राईले बताए ।

निहारिका राजपूतले श्रेष्ठमाथि बलात्कारको आरोप लगाउँदै आएकी छन् । उनले बलात्कारबाट जन्मिएको बच्चाको डीएनए टेस्टको पनि माग गर्दै अनसन बस्दै आएकी छन् ।

बसन्तपुरमा अनसनरत निहारिका अहिले त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी छन् ।

राष्ट्रपति कार्यालय अगासड आत्मदाह प्रयास गर्दा प्रहरीले उद्धार गरी उनलाई अस्पताल भर्ना गरिएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board