धादिङको गल्छीमा भारतीय नम्बरको ट्रेलरले जिपलाई ठक्कर दिँदा दुई जनाको मृत्यु

काठमाडौँ । धादिङको गल्छी गाउँपालिका–६ चिरौदी पुलमा गएराति भारतीय नम्बरको ट्रेलरको ठक्करबाट जिपका चालक र परिचालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिप चालक धादिङकै ज्वालामुखी गाउँपालिका–१ का ३० वर्षीय ज्ञानबहादुर नेपाली र परिचालक बेनीघाट रोराङका २५ वर्षीय राजेन्द्र तामाङ रहेका छन् ।

उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते ट्रेलरका चालक र परिचालकको उपचार गल्छीस्थित अम्बे भरोसा अस्पतालमा भइरहेको छ ।

चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको भारतीय नम्बरको ट्रेलरले सोही दिशाबाटै आइरहेको बाग्मती प्रदेश–०१–०२५ च ७८७२ नम्बरको पिकअप जिपलाई ठक्कर दिएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board