अमेरिकी सेना आइपुग्यो काठमाडौँ

काठमाडौँ । नेपाली सेना र अमेरिकी सेनाबीच एक्स ब्यालेन्स नेल नामक संयुक्त तालिम सञ्चालन हुने भएको छ । मंगलबारदेखि एक महिनासम्म चल्ने तालिममा सहभागी हुन अमेरिकी सेनाको टोली अमेरिकी जहाज लिएर सोमबार काठमाडौँ आइपुगेको छ ।

२०६० देखि नै दुई सेनाबीच सञ्चालन हुँदै आएको तालिमको यसपटक ३९औँ संस्करण आयोजना हुन लागेको सेनाले जनाएको छ ।

रक्षा मन्त्रालयको स्वीकृतिमा नेपाली सेनाको श्री सिंह महावीर योजना तथा समन्वय महाशाखाअन्तर्गत रहेका रेन्जर गण र अमेरिकी सेनाका टुकडीबीच तालिम हुन लागेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले सोमबार विज्ञप्तिमा जनाएको छ । तालिम भदौ ३१ गतेसम्म चल्ने छ ।

तालिममा नेपाली सेनाबाट ८० जना तथा अमेरिकी सेनाबाट १६ जना रहने छन् । संयुक्त तालिममा सशस्त्र द्वन्द्वका नियम, सैन्य निर्णय प्रक्रियालगायतका विषय समावेश हुने छन् ।

छाउनी र नगरकोटमा तालिम सञ्चालन हुने सेनाले जनाएको छ । अमेरिकी सेनाको टुकडी क्याप्टेन ब्लेक डुकटेलको कमान्डमा सैन्य सामग्रीसहित सोमबार आइपुगेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति