सूर्य चिन्हमा चुनाव जितेका हृदयेश त्रिपाठीले एमाले अध्यक्ष ओलीलाई भेटे

भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल समाजवादी पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले भेट गरेका छन् ।

करीब ४० मिनेट अध्यक्ष ओलीसँग भेटेर बालकोटबाट बाहिरिएका त्रिपाठीले विविध विषयमा कुरा भएको बताए । ‘भेटघाट त हामी गरिरहन्छौं । तर आजको भेट चुनाव केन्द्रित नै हो’ त्रिपाठीले भने ।

त्रिपाठीले अघिल्लो चुनावको मोडलमा नभइ एमालेसँग चुनावमा गठबन्धन गरेर जाने विषयमा छलफल भएको बताए । ‘पहिला म एमालेको सूर्य चिन्हमा चुनाव लडेको थिएँ तर अहिले मेरो आफ्नो पार्टी छ’ त्रिपाठीले भने, ‘त्यसैले दुई पार्टीबीच के कसरी गठबन्धन गर्न सकिन्छ भन्ने बारेमा सामान्य कुराकानी भएको हो ।’

त्रिपाठी गत निर्वाचनमा सूर्य चिन्ह लिएर नवलपरासीको क्षेत्र नं ३ बाट निर्वाचन भएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति