साउनको अन्तिम सोमबार, पशुपतिमा दर्शनार्थीको घुइँचो (फोटोफिचर)

काठमाडौं, ३० साउन । साउनको अन्तिम सोमबार भएकाले आज बिहानैबाट गौशालास्थित पशुपतिनाथको दर्शन गर्नेको घुइँचो लागेको छ । पशुपतिनाथसहित देशभरका शिवालयमा बिहानैबाट दर्शनार्थीको घुइँचो लागेको छ । 

साउन महिनाको सोमबार भगवान शिवको बार भएकाले यस दिनमा भगवान शिवको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ ।

जस कारण साउनको सोमबार व्रत बस्ने र शिवको आराधना गर्ने गरिन्छ । यस पटक साउनमा पाँचवटा सोमबार परेका थियो । यस वर्षको साउनको आज अन्तिम सोमबार हो ।  

साउनको सोमबार व्रत बसेमा मनको इच्छा पूरा भई अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ । यो विश्वासमा देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board