ओली पत्नीले असहायलाई भोजन खुवाएर मनाइन् जन्मदिन

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यले मानव आश्रममा पुगेर जन्म दिन मनाएकी छन् ।

नागार्जुनमा रहेको सो मानव आश्रममा ओलीसँगै पुगेकी शाक्यले त्यहाँ रहेका असहायलाई भोजन र दक्षिणा दिएर जन्मदिन मनाएकी हुन् । उक्त अवसरमा श्रीमती शाक्यले ५२ हजार नगदसमेत सहयोग गरेकी छन् ।

मानव आश्रमको संरक्षणमा रहेका बालबालिकालगायतलाई भोजन खुवाउने कार्यक्रममा नागर्जुन नगरपालिका उपप्रमुख अनिता लामासहितको उपस्थिति रहेको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board