रुपन्देहीमा गोली चल्दा एक घाइते

रुपन्देही । अज्ञात समूहले चलाएको गोली लागेर ३१ वर्षका विकास गुरुङ घाइते भएका छन् । रुपन्देहीको ओमसतिया–४ स्थित वसन्तपुरमा गोली चल्दा गुरुङ घाइते भएका हुन् ।

गए राति पौने ९ बजे भएको सो घटनामा घाइते भएका गुरुङको युनिर्भसल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सिद्धार्थनगर नगरपालिका–१ बेलहिया घर भएका गुरुङलाई गोली प्रहार गरेपछि सो समूहले सिदार्थ कटेजबाट २५ हजार लुटपाट गरेर भागेका छन् ।

गोली प्रहार र लुटपाटमा संलग्नहरूको खोजी जारी रहेको एसपी रविन्द्र रेग्मीले जानकारी दिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board