प्युठानमा जीप दुर्घटना अपडेट: मृतकको संख्या तीन पुग्यो

बुटवल, २९ साउन । प्युठानमा आइतबार भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

मृत्यु हुनेमा नौवहिनी गाउँपालिका-५ सानो डाम्री निवासी ४ वर्षीया करुणा बुढामगर र २५ दिनकी चेतना बुढामगरको र २५ वर्षीय लुकेश थापा रहेका छन् । उनीहरूको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

दुर्घटनामा घाइते भएकाहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते एक जनालाई रिफर गरिएको प्रहरीले जनाएको छ ।

आइतबार साझ ५ बजे बागदुलाबाट डामृतर्फ जाँदै गरेको लु १ ज १५४५ नम्बरको जीप प्युठानको नौबहिनी गाउँपालिका वडा नम्वर ६ बहाने बजार नजिकै दुर्घटना हुँदा नौ जना घाइते भएकोमा तीन जनाको ज्यान गएको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति