देउवा र कोइरालाबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं, २९ साउन । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच भेट भएको छ । देउवाले बोलाएकोमा कोइराला भेट्न बालुवाटार पुगेका हुन् ।

देउवा र शेखरबीच कुन विषयमा छलफल भयो भन्नेबारे खुलाइएको छैन । शेखर पक्षको बैठक चलिरहेको बेला देउवाले छलफलका लागि बोलाएका हुन् ।

शेखर पक्षका दोस्रो तहका नेता तथा भ्रातृ संस्थाका पूर्व पदाधिकारीहरूको बैठक आज बोलाइएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति