गठबन्धन आयोगले चिन्दैन : प्रमुख निर्वाचन आयुक्त

काठमाडौं, २९ साउन । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले गठबन्धनलाई निर्वाचन आयोगले नचिन्ने बताएका छन् । आज आइतवार सम्पादकहरूसगको अन्तरक्रियामा आयुक्त थपलियाले कानुनतः गठबन्धनलाई आयोगले नचिन्ने बताएका हुन् । निर्वाचनमा उम्मेदवार भएकाहरूको मात्र चुनाव चिन्ह राखिने भन्दै उनले निर्वाचनमा भाग नलिएका पार्टीको चुनाव चिन्ह मतपत्रमा नराखिने बताए । कुनै जिल्लामा चार जना मात्र उम्मेदवार भएको अवस्थामा आयोगले निर्वाचनमा सातै उम्मेदवार हुनुपर्छ भन्न नमिल्ने उनको भनाइ छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board